सनातन वौद्धिक संरक्षण केन्द्र संस्कृत वाङमयको रुपमा रहेको बागलुुङ काठेखोला गाउँपालिका वडा नम्बर ५ को चर्चित पावनभूमि हो त्रिपुरेश्व धाम । बागलुुङ बजारदेखि आधा घण्टामा पुुग्न सकिने यस धाममा राष्ट्र सन्त स्वामी परमान्नद सरस्वती महाराजले वौद्धिक पूजा विधिले विक्रम सम्वत् २०२९ सालदेखि नित्य पूजा सुरु गरेका हुन । यहाँ तपोभूमिका रुपमा शिवपुरी गुफा समेत प्रसिद्ध रहेको छ । यस शिवालय मन्दिर अर्थात त्रिपुरेश्वर धाममा सनातन संस्कृतका प्रायः सबै पर्वहरु मनाइन्छ ।
यहाँ वालाचर्तुदशी, शिवरात्री, साउने सोमबारमा विशेष मेला लाग्ने गर्छ । विशेषत जेष्ठ ११ गते यस क्षेत्रका सबै कृषक, शैक्षिक संस्था तथा अधिकास तह र तप्काका नागरिकहरु यसै धाममा भेला भई पुजा पाठ गर्ने पुरानै प्रचलन रही आएको छ । यहाँ संस्कृत वाङमयको उन्नयन गर्ने अभिप्रायले यसको सुरु गरिपछि स्वदेश तथा विदेशबाट भक्तजनहरु, साँधुुसन्त महात्मा विद्धान तथा साधनहरु आउने गर्छन ।
सुरुका वर्षहरु तपोभूमि, विद्या केन्द्र र योग भूमिका रुपमा स्थापित भएको यस धाममा अहिले भने यातायताको व्यवस्था भएसँगै चहलपहल निकै बढेको छ । मन्दिरको मुुख्य ढोका पुर्व तर्फ फर्केको छ भने यहाँ नर्मदा नदीबाट शिव लिङग ल्याइएको हो । मानवका तीन शरिरः स्थल, सुुक्ष्म र कारणलाई मोक्ष प्रदान गर्ने शास्त्रीय मान्यताका आधारमा यहाँ धाम राखिएको हो ।
यस परिषरमा गुरुकुल सञ्चालन भएपछि यसको महिमा बढेको हो । क्षेत्रमा २०३३ सालबाट पनि मन्दिरमा हुने गरेको छ । गण्डकी प्रदेशले यस धामलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा समेत सुचिकृत गरि भौतिक संरचनाको विकास गरेको छ ।
प्यागोडा शैलीमा निर्माण भएको मन्दिर भक्तपुराका कालीगढले निर्माण गरेका हुन । यस मन्दिर निर्माणको क्रममा जंग खन्दा तामाका करुवा, ताउरो, त्रिशुल, तामाका भेटिएसंगै अनुसन्धानको विषय बनेका छन् । यस धाममा समय समयमा महायज्ञहरु समेत हुने गरेका छन् । यहाँ आश्रम, भोजनालय, वाचनालय ध्यान केन्द्र लगाएतको राम्रो प्रवन्ध छ ।
आम्दानीको स्रोत भनेको दान। चन्दा, सहयोग र भेटी नै हो । यहाँ पदमागको लागि निकै आर्कषक ६सय मिटर लामो सिढी समेत निर्माण गरिएको छ । यस मन्दिरमा पुजा र आरती सुरु भएपछि कालीजहरु चारो खान मन्दिर परिषरमा हरेक दिन विहान र बेलुका अनिवार्य रुपमा आउने गर्दछन । यो धाममा समय समयमा प्रसिद्ध धार्मिक प्रवचनहरु समेत हुने गर्दछन । फोटो सौजन्य : ब्रह्मचारी हंस चैतन्य, त्रिपुरेश्वर महादेव शिवालय धाम
प्रतिक्रिया