३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सरकारले तोक्यो उखुको समर्थन मूल्य



सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । प्रतिक्विन्टल ६ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

‘उखुको प्रतिक्विन्टल मूल्य ९उद्योगीले दिने मूल्य० ५ सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ तोक्ने निर्णय भएको छ,’ उपप्रधान तथा अर्थन्त्री पौडेलले भने । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् । समर्थन मूल्य तोक्न ढिलाई भएपछि किसानले उद्यारोमा उखु बिक्री गर्दै आइरहेका छन् । सरकारले गत आर्थिक वर्ष २०७८र७९ को लागि प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो । उक्त मूल्य सरकारी अनुदानसहित हो । पोहोरभन्दा यसपटक प्रतिक्विन्टर २० रुपैयाँ बढाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ९ : ३७ बजे