३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


कलेजो प्रत्यारोपण गर्न नेता पुनलाई चिकित्सकको सुझाव



नेकपा माओवादीका केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन्।

लोमो समयदेखि जण्डिसका बिरामी पुनलाई पटक पटक स्वास्थ्यमा समस्या देखिएपछि सुमेरु सिटी अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सकले कलेजोमा कमजोरी देखिएको भन्दै प्रत्यारोपणको सुझाव दिएका हुन्। पेट रोग विशेषज्ञ प्रा.डा.युवराज शर्माका अनुसार पुनको कलेजेको ८५ प्रतिशत भन्दा बढी भाग बिग्रिएको छ।

शर्माले कलेजो कम्जोर बन्दै गएको भन्दै पुनको ८५ प्रतिशत कलेजोले काम गर्न छोडेको छ। कलेजो बिग्रिसकेपछि मिर्गौला फेल भएको जस्तो डायलासिस गर्न मिल्दैन। यसको एकमात्र उपाय भनेको कलेजो प्रत्यारोपण नै हो।

कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा. शर्माको भनाइ छ। चिकित्सकले कलेजो प्रत्यारोपण गर्ने सुझाव दिएपछि कहाँ र कहिले कलेजो प्रत्यारोपण गर्ने भन्ने विषयमा परिवारमा छलफलमा भइरहेको डा. शर्माले बताए । डा. शर्माका अनुसार पुन सानैदेखि अनुवांशिक जण्डिस अर्थात् चिकित्सकीय भाषामा किंग्लर नाजार टाइप टू सिन्ड्रोमको समस्याबाट पीडित हुन । समय समयमा जण्डिस बढेर उनले स्वास्थ्यमा समस्या आउने गर्छ।

कलेजो प्रत्यारोपण के हो कसरी हुन्छ ?

डा. शर्माका अनुसार कलेजो प्रत्यारोपण भनेको आमाशयबाट बिग्रिएको कलेजो काटेर फालेर नयाँ कलेजोको टुक्रा निकालेर जोड्ने गरिन्छ। उनका अनुसार डोनरबाट प्राप्त कलेजो रक्तनलीसँग जोड्न सकिन्छ। कलेजो प्रत्यारोपण ब्रेन डेथ भएकाको पुरै झिक्न सकिन्छ। नातेदार व्यक्तिले आफ्नो इच्छाले आफ्नो ७० प्रतिशतसम्म कलेजो दान गर्न सक्छन्।”

रक्त समूह मिलेका १८ वर्ष देखि ५५ वर्षका स्वस्थ व्यक्तिले कलेजो दान गर्न सक्ने चिकित्सकको भनाइ छ। नेपालमा १८ वर्ष माथिका स्वस्थ नेपालीले (आमा र बुबा तिरका) नजिकका नातेदार कलेजो दान गर्न सक्ने कानुनी व्यवस्था छ। चिकित्सका अनुसार कलेजो विकसित अंग भएकाले प्रत्यारोपण गरेको तीन महिनादेखि नै बिरामी र दाता दुवैको कलेजो विकासित हुन सुरु हुन्छ। करिब छ महिनामा झन्डै ९० प्रतिशत विकास भइसक्ने हुँदा नेता पुन पहिलेको जस्तो अवस्थामा फर्कने चिकित्सकको भनाइ छ। नेपालमा केही वर्षदेखि कलेजो प्रत्यारोपण हुँदै आएको गोरखापत्रले लेखेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : २४ बजे