४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


सोविता गौतम उपसभामुख बन्दै



राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी सतारुढ दलबीच छलफल तयारी भएको छ ।

‘उपभामुख गौतमलाई बनाउने निश्चित प्रायः जस्तै भएको रास्वपाका एक नेताले बताएका छन् । तर पनि यस विषयमा औपचारिक रुपमा टुंगो लागेको छैन । भोलिसम्म निर्णय हुने छ । कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् । उनी कानून र पत्रकारिताका जानकार हुन ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ६ : ३२ बजे