२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


तस्कारले चितवनमा दुईवटा गैंडा मारे



तस्करहरुले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर( २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेको निकुञ्जले जनाएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका हुन ।

पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ भने यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको विश्लेषण छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताएका छन् ।

चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन् । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ५० बजे