३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु



सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ३४ बजे