६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


प्रेम आचार्यको मृत्युपछि न्यायका लागि माइतीघरमा विरोध प्रदर्शन



संघीय संसद्अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन भएको छ । स्व। आचार्यको २५बुँदे माग पूरा गर्न माग गर्दै बुधबार माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको हो ।

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनको माग सम्बोधन गरी न्याय दिन युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीतिनियम बाधक बनी आफूले काम गर्न नसकेको र काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइड नोट’ लेखेका थिए ।

प्रदर्शनमा सहाभागीले ‘यो देश हो कि बधशाला रु’ भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रदर्शनकारीहरूले ‘अर्को जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार रु’, ‘प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे’, ‘देशमै केही गर्छु भन्नु अपराध हो सरकार रु’, ‘यो आत्महत्या होइन हत्या हो’, ‘ठूला व्यापारी कसको आश्रयमा रु’ जस्ता नाराहरू लेखिएका ब्यानर र पम्प्लेट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ०१ बजे