२६ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


पाकिस्तान पेसावरमा आत्मघाती हमला हुदाँ ३२ मृत्युको सयौं घाइते



पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा विस्फोट भएको छ । पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा. आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले बताए । प्रवक्ताका अनुसार यस विस्फोटमा करिब २७० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ ।

डा. आजमका अनुसार लेडी रिडिङ अस्पतालको अवस्थालाई ध्यानमा राखेर आपत्काल लागू गरिएको छ । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतङ्कवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताएका छन् ।

पेसावर विस्फोटबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआई अध्यक्ष इमरान खानले भने, ‘पेसावर पुलिस लाइन्सको मस्जिदमा भएको विस्फोटको कडा निन्दा गर्दछ । पीडितका परिवारप्रति समवेदना ।’ एजेन्सी

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : २५ बजे