२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तीन महिनाभित्र लेखा परीक्षण सकाउन राष्ट्रिय बीमालाई अर्थमन्त्री पौडेलको निर्देशन



उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी ९च्द्यऋी० लाई तीन महिनाभित्र लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० वैशाख १६ सम्ममा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३र७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा। रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।गायक प्रेमराजा महतको दहचोकमा प्रस्तुती

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ६ : २४ बजे