९ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


प्रदेशको नाम सरकारको प्राथमिकता : मुख्यमन्त्री कार्की



प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्राथमिकतामा प्रदेशको नामकरण रहेको बताउनुभएको छ। झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको काम र नामको बारेमा जनगुनासो बढेको भन्दै यस्तो बताउनुभएको हो।

सम्भव भए सहमतिमा नभए पनि कानुनी विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिने कार्कीको भनाइ छ। मुख्यमन्त्री कार्कीले प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा चौतारीका जिल्ला संस्थापक अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्नुभएको छ।

कार्यक्रममा अग्रज पत्रकार नकुलकाजी पाण्डे, गोविन्दचन्द्र छेत्री, माधव विद्रोही, केशव आचार्य र स्वर्गीय माया पकुवाललाई मरणाेपरान्त सम्मान गर्नुभएको छ। कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस युनियानकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापालीलगायतले धारणा राख्नुभएको थियो।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ८ : ४९ बजे