२६ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा सुुविधा नलिने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए । ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाइ छ । उनले पत्रकार सम्मेलनमा नेपालका मुुख्य मिडियाहरुप्रति निकै आक्रोसित भएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ४९ बजे