१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विश्व


टर्कीमा शक्तिशाली भूकम्प, मृतकको संख्या १२ सय बढि



टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७।८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् । जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७।५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ । टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार २०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको जानकारी आएको बताएका छन् । सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

उद्धारकर्ताहरुले भूकम्पबाट भत्किाएका भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ५ : ३९ बजे