१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनप्रतिनिधि


नागरिक उन्मुक्तिका सांसद चौधरीको मुद्दामा कारण देखाउ आदेश



नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ। उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गर्नुभएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो।

चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका गरेका थिए।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश मात्र जारी गरेको सूचना अधिकारी नेगीले बताए।

उनका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ। मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिनेछ। त्यसका लागि माघ २९ गते अर्को पेसी तोकिएको छ।

१३ वर्षअघिको आगजनी मुद्दामा सांसद चौधरीसहित तीनजनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र रु आठ लाख बढी क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। सोही मुद्दामा प्रहरीले चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो। चौधरी हाल कैलाली कारागारमा छन्। रासस

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ४४ बजे