१५ असार २०८२, आइतबार | Sun Jun 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री प्रचण्ड र युरोपियन युनियनका आयुक्त उर्पिलाइनेनबीच भेटवार्ता



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग आयुक्त उर्पिलाइनेनले भेटवार्ता गर्नुभएको हो। भेटमा अन्तर्राष्ट्रिय साझेदारी नेपालमा युनियनले गर्दै आएका विभिन्न कामको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज नेपाल आइपुग्नुभएको हो। भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरूको शुभारम्भ गर्दै हुनुहुन्छ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ। सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : ५७ बजे