८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


माओवादीको भर्चुअल केन्द्रीय समिति बैठकमा प्रचण्डले सम्बोधन गर्ने



नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै छ। आज बिहीबार साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।

उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन्। ‘५ बजेबाट भर्चुअल माध्यमबाट बैठक बस्नेछ’, ढकालले नेपालखबरसँग भने, ‘अध्यक्षले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।’

यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो।

भर्चुअल बैठकका लागि जुम आइडी र पासवर्ड सम्बन्धित माध्यमबाट पठाइने उनले बताए।

माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन्।

यसअघि बसेको स्थायी समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता पाएको हो।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ०८ बजे