१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रशासन कानून


संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राससकी खड्का निर्वाचित



संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस)का कालिका खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका भाषा शर्मा, महासचिवमा राजधानी दैनिकका निराजन पौडेल, सचिवमा नयाँ पत्रिका दैनिकका शिल्पा कर्ण, कोषाध्यक्षमा ग्यालेक्सी फोर के वासु खड्का, सदस्यहरू न्युज एजेन्सी नेपालका सबिन धमला र रेडियो नेपालका अर्जुन श्रेष्ठ चयन हुनुभएको हो ।

साधारणसभाको उद्घाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कानुन पत्रकारहरूले समाचार लेख्दा र सम्पादन गर्दा पत्रकार आचारसंहिता उल्लङ्घनका घटना कम हुने विश्वास व्यक्त गर्नुभयो ।

अनलाइन खबरमा प्रधान सम्पादक शिव गाउँलेले मञ्चको स्थापना र कानुन क्षेत्रका विसङ्गति उत्खननको विगत र वर्तमानका विषयमा प्रकाश पार्नुभयो । उहाँले विगतमा भन्दा अहिले कानुन पत्रकारिताको क्षेत्र फराकिलो भएको बताउनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ३३ बजे