सुदूरपश्चिम प्रदेश (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । कंचनपुर जील्लामा भएका ९ स्थानिय तहमा सात वटा नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो। तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।
वि.सं. २०७३ फाल्गुण २७ गते राजपत्र (खण्ड ६६ संख्या ५८) मा प्रकाशित भएको राज्य पुनर्संरचना अनुसार नगरपालिका पुनर्गठन भएतापनि विगतको वडाहरु यथावतरुपमा कायम रहेको छ। वि. सं. २०३४ सालमा भुजेला, सिद्धनाथ र आदर्श गाउँ पञ्चायतका सम्पूर्ण भाग तथा सुडा र ऐरी गाउँ पञ्चायतको आंशिक भू(भाग गाभेर महेन्द्रनगर नगर पञ्चायत गठन भएको ले यसलाई नगरपालिका स्थापना वर्ष को रुपमा मनाईन्छ। यस नगरपालिकाको क्षेत्रफल १७१.३४ वर्ग कि.मी. (तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पुनर्संरचनाको प्रतिवेदन अनुरुप कायम गरेको)रहेको छ।
२०६८ सालको जनगणना अनुसार यस नगरपालिकामा महिला ५३,५१२, पुरुष ५१,०८७ गरि जम्मा १,०४,५९९ र घरधुरी संख्या २०,६४८ रहेको छ। भीमदत्त नगरपालिका घरधुरी सर्वेक्षण २०७६ अनुसार महिला ५६८०३, पुरुष ६०९४५ गरि जम्मा जनसंख्या ११७७४८ र घरधुरी संख्या २३८१८ रहेको छ। हाल सालै मस्यौदाको रुपमा पेश गरिएको मेट्रीक ठेगना प्रणाली को नक्शा तथा तालिका सर्वेक्षण २०७७ अनुसार भीमदत्त नगरपालिकाको मुख्य घरहरु २४१९८ र सहायक घर धुरी ९१६५ गरि जम्मा घरधुरी संख्या २६७७८ रहेको छ।
नगरपालिकाको साक्षरता प्रतिशत राष्ट्रिय जनगणना २०६८ अनुसार ७७.३४५ रहेको छ।यहाँ हाल सुदूरपश्चिमाञ्ल विश्व विद्यालय पनि भएकोले यसको साक्षरता प्रतिशत वृद्धि हुदै गएको छ। यस क्षेत्र भित्र एफ.एम. रेडियो ६ वटा संचालनमा रहेका र यहाँवाट प्रकाशित हुने पत्रपत्रिकाको संख्या ११ वटा रहेको छ।
विद्यालयहरुको संख्या:
आधारभूत
मा.वि.
क्याम्पस
प्राविधिक शिक्षालय
विश्व विद्यालय
धार्मिक
सामुदायिक
५५
३९
३
१
१
१
निजी
७४
५४
५
१
स्वास्थ्य संस्था सम्बन्धी विवरण:
अस्पताल
प्राथमिक स्वास्थ्य केन्द्र, हेल्थपोष्ट, सब-हेल्थपोष्ट
आयुर्वेद केन्द्र
सरकारी संख्या
शैय्या संख्या
निजी संख्या
शैय्या संख्या
१
१००
१
१५
स्वास्थ्य चौकी – १
हेल्थ डेस्क – १
गाउघर स्वास्थ्य क्लिनिक – १
शहरी स्वास्थ्य केन्द्र – ५
वडा सवास्थ्य इकाई – ६
१
कार्यालय भवनको अवस्था:
कार्यालय
तल्ला संख्या
कोठा संख्या
निर्माणाधिन
नवनिर्मित वा पुरानो
जग्गाको क्षेत्रफल
जग्गाको स्वामित्त्व
कार्यपालिका
२ तल्ले २वटा
१ तल्ले २ वटा
२३
१३
माष्टर प्लान तयार गरिएको
नया निर्मित भवन एउटा र अरु पुराना
३ बिघा १८ कट्टा
नगरपालिकाको
वडा कार्यालय
६ वटा वडा आफ्नै भवनमा रहेका
१२
नयाँ
नगरपालिकाको
आ व २
०७७।०७८
आय व्ययको विवरण
वार्षिक बजेट(प्रस्तावित ०७७।०७८) २०७७ असार ४ गते नगर सभाबाट पास भएको
चालु
पूँजीगत
जम्मा
८६,७६,९९,३१४
५९,४६,७६,५७२
१,४६,२३,७५,८८६
नगरपालिकाभित्र
राजश्व
कारोबार गर्ने बैंक
को रुपमा
एनएमबि बैंक रहेको छ। नगरपालिकाको सरकारी कारोवार गर्ने बैङ्कको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। सामाजिक सुरक्षा भत्ता कृषि विकास बैंक, एनसिसि बैंक , प्रभु बैंक र एनएमबि बैंक मार्फत वितरण भईरहेको छ।
प्रशासनिक विभाजन
–
यस भीमदत्त नगरपालिकालाई- १९ वडामा विभाजन गरि प्रशासनिक कार्यहरु भई रहेका छन। सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ मा यो नगरपालिका अवस्थित छ ।
भौगोलिक स्थिती
-यस नगरपालिकाको भौगोलिक अवस्थिति निम्नअनुसार रहेको छ।
यो २८०५२’ देखि २९००८’ उत्तरी अक्षांश
८०००६’ देखि ८००१५.५’ पूर्व देशान्तर सम्म र समुद्र सतहबाट १०० मिटर देखि १००० मिटर सम्म उचाइमा अवस्थित छ। यसको क्षेत्रफल – १७१.३४ व. कि. मि. रहेको छ। यसको
सिमाना
पूर्वतर्फ -वेदकोट नगरपालिका पश्चिमतर्फ:महाकाली नदी र दोधारा- चादनी नगरपालिका उत्तर:डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका दक्षिणतर्फ:शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ।
हावापानी
–
यो नगरपालिका
तराईमा भएकाले यहाँको हावापानी उष्ण मनसुनी प्रकारको छ । नगरपालिका क्षेत्रको अधिकतम तापक्रम गर्मी याममा ४३० सेल्सियस देखि जाडो याममा न्युनतम ६.९६० सेल्सियस सम्म रेकर्ड गरिएको छ । यहाँ वार्षिक सरदर १५७५ मि.मि. सम्म वर्षा हुने गर्दछ ।
भू – धरातल तथा भिरालोपना
–
यस नगरपालिकाको अधिकांश भू – धरातल समतल रहेको पाइन्छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब १००० मिटर सम्मको उचाई रहेको हुनाले अधिकांश भू-भाग उत्तरबाट दक्षिणतर्फ पानीको बहाव हुने समतल किसिमको पाइन्छ ।
भू – उपयोग
–
यो नगरपालिकाको ५८.९४ प्रतिशत बसोबास क्षेत्र, ३९.०१ प्रतिशत जंगल क्षेत्र र २.५ प्रतिशत शहरी क्षेत्र रहेको छ । बसोबास क्षेत्रको बीचमा कुल ११,९५० हेक्टर खेतियोग्य जमिन रहेको छ । उत्तरी सीमा तर्फको जमिन भने समुद्र सतहबाट करिब १००० मिटरसम्मको उचाईमा रहेको छ । अधिकांस भू-भाग उत्तरबाट दक्षिण तर्फ पानी बग्ने गरी समतल रहेको पाइन्छ ।
प्रमुख धार्मिक, पर्यटकीय तथा सांस्कृतिक स्थलहरु
यस नगरपालिकामा पर्यटकिय स्थलका रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधरा-चाँदनी झोलुंगेपुल, झिलमिला ताल, रानीताल, काली ताल र बाह्रकुण्ड रहेका छन।
सांस्कृतिक
,
धार्मिक
चाडपर्व
सास्कृतिक रुपमा यस नगरपालिकामा थारु समुदायले माघि र होली मिलनलाई ठुलो चाडको रुपमा मनाउने गर्दछन। सुदूरपश्चिमको माथिल्लो भेगवाट आउनुभएकाले गौरा र भूवा पर्व मनाउने गरेका छन। यस नगरपालिकाकामा मुख्यतया गौरा, दशैं, तिहार, होली, तीज, विषु, चैतली, माघि, हरेली, गुरेली, चैते दशैं आदि चाडपर्वहरु मनाइन्छ । आदिवासी थारु समुदाय र पहाडे बाहुन, क्षेत्री, ठकुरीहरुको आधिक्यता रहेको यस नगरपालिकाको वासिन्दाहरुको संस्कृतिमा पनि जातिय बिम्ब देखिने गर्दछ ।
यहाँका वासिन्दा हरु हिन्दु बौद्ध इस्लाम कृष्चियन मुख्य धार्मिक समुदाय हुन। शिद्धनाथ मन्दिर ,महाकाली माता भम्केनी धाम, प्राचिन विष्णुधाम, बैजनाथ मन्दिर, शिव धाम, साकेत धाम, विष्णु मन्दिर र मणिपालधाम यहाँका प्रसिद्ध तीर्थस्थल हुन।
प्रमुख पर्यटकीय स्थलह
रुः
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधरा-चाँदनी झोलुंगेपुल, झिलमिला ताल, रानीताल, काली ताल, राना थारु होमस्टे
प्रमुख पर्यटकीय स्थलहरु
को रुपमा रहेका छन।
धार्मिक
स्थलः
शिद्धनाथ मन्दिर, रौटेला, लिङ्गा क्षेत्र (७ नं. वडा), महाकाली शारदा भम्केनी धाम, प्राचिन विष्णुधाम, बैजनाथ मन्दिर, शिव धाम, साकेत धाम, बाह्रकुण्ड क्षेत्र धार्मिक
स्थलहरु
को रुपमा रहेका छन।
प्रमुख आर्थिक केन्द्र:
महेन्द्रनगर बजार, गड्डाचौकी नाका, ब्रह्मदेव बजार नाका नगरपालिकाका
प्रमुख आर्थिक केन्द्रहरु
हुन।
वडा कार्यालय संचालनको अवस्था:
यस नगरपालिकाका १९ वटै वडा कार्यालय वडामै स्थापना गरी वडा बाटै सेवा संचालन गरिरहेका छन । वडा नं. १, २, ९, १६,१७ र १९ का वडा कार्यालय आफ्नै भवनमा वडा कार्यलय सञ्चालन भएका छन। अन्य वडामा पनि भवन बन्ने क्रम जारी रहेको छ। सवै वडामा इन्टरनेटको सुविधा पुगेको छ। प्रत्येक वडामा वडा सचिव सहित समाजिक परिचालन कार्यकर्ता ,कार्यालय सहायक र अन्य कर्मचारी रहेका छन।
२
.३ नगरपालिकाको
भौतिक पूर्वाधारको अवस्था:
विवरण
इकाई
आ.व. २०७३।७४ सम्मको
कैफियत
कालोपत्र / पक्की सडक
कि.मी.
८०
ग्राबेल सडक
कि.मी.
२५४
कच्ची सडक
कि.मी.
१५०
खानेपानी सुविधा उपलब्ध जनसंख्या
प्रतिशत
१०० %
*धारा/पाइप बाट पिउने पानी २१.९१%
*हाते पम्प बाट ७३.४१ %
*अन्य श्रोत बाट ४.६८% )
ढल नाली
कि.मी.
५
विद्युत सुविधा पुगेको जनसंख्या
प्रतिशत
८५.७५
टेलिफोन लाईन
संख्या
७
इन्टरनेट सेवा प्रदायक संस्था
संख्या
२
ल्याण्ड फिल साइटको व्यवस्था
क्षेत्रफल
छैन
https://palikaonline.com/wp-admin/post-new.php
प्रतिक्रिया