२२ चैत्र २०८१, शनिबार | Sat Apr 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कर्णाली


चन्दननाथ नगरपालिका संक्षिप्त परिचय



नेपालको संबैधानिक र राजनैतिक विभाजन अनुसार ७७ जिल्ला मध्ये जुम्ला जिल्ला पनि एक हो । नेपाल सरकारको मिती २०७३ साल फागुन महिनाको २७ गते नेपाल राजपत्रमा सूचना प्रकासित गरि नेपालमा ७४४ स्थानिय तह रहने ब्याबस्था गरेको थियो ।

जस अनुसार जुम्लामा एक नगरपालिका र सात गाउँपालीका गठन भएकोमा सो मध्ये एक चन्दननाथ नगरपालिका पनि हो । यस चन्दननाथ नगरपालिका १० वटा वडामा विभाजित छ । यस नगरपालिकामा ४२७१ घरधुरी र २०८८४ जनसंख्या रहेको पाइन्छ ।

यसको नामाकरण चन्दननाथ मन्दिरको नामबाट राखिएको हो । देश संघियतामा गइ रहेको बेलामा भएका साबिकका चार ओटा गा बि स हरु बिगठन भइ हाल चन्दननाथ नगरपालिका गठन भएको हो । यस नगरपालिकामा क्षेत्रि, ब्रहामण, दलित, जनजाती तथा र अन्य जातिको बसोबास हरेको छ । सास्कृतिक परम्परामा यस चन्दननाथ नगरपालिकामा श्रावण पुर्णिमा देखि जात्रा पैठ लाग्ने गर्दछन र पैठ हेर्न कालिकोट मुगु दैलेख लगायत िबभिन्न ठाउँबाट आउँदछन् । मागी बिवाह भागि बिवाह गर्ने चलन छ ।

जात्राहरु धामि नाच देउडा गित प्रतियोगिताको पनि चलन छ । जुम्ला जिल्लामा रहेका एक नगरपालिका २६ गा बि स हरु मध्ये साविकको इलाका न १ मा पर्ने चन्दननाथ नगरपालिका पनि एक हो । यस नगरपालिकाको नामाकरण सम्बन्धमा बिभिन्न धारणा रहेको भएता पनि यस नगरपालिकाको नाम चन्दननाथ मन्दीरको नामबाट रहन गएको हो भन्ने भनाइ छ । यो नगरपालिका जुम्ला जिल्लाको सदरमुकाम हरेको छ । यस नगरपालिकाको पूर्वमा गुठीचैर¸ पश्चिममा तातोपानी, उत्तरमा पातारासी र कनकासुन्दरी गाँउपालिका र दक्षिणमा जाजरकोट जिल्लाको सिमाना सम्म फैलिएको छ ।

यो नगरपालिका बिश्वमान चित्रमा २९०१३’ उतर देखि २९ ०१६’ उतरी अक्षांस ८१० ५३’ देखि ८१० ५५’ पुर्वी देशान्तरमा फैलिएको छ । कुल जनसंख्या २०८८४ रहेको छ । यस नगरपालिकामा क्षेत्रि, ठकुरी, बाहुन, दलित , नेवार तथा अन्य जातजातिका बासोबास रहेको छ । यहाँ ६७ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । यो नगरपालिका समुन्द्र सतह देखि सबै भन्दा २३५० मिटर उचाइमा अबस्थित छ ।

यस नगरपालिकामा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले काम गरेका भएपनि स्थानिय तहमा जिल्ला समन्वय समिति र नगरपालिकाको सहकार्यमा बिभिन्न संघ सस्थाहरुले कृषि स्वाथ्य शिक्षा र भौतिक पुर्वधारको क्षेत्रमा काम गरिरहेका छन । छुवाछुत, छाउपडि, धामिझाक्रि प्रथा, र अन्ध बिश्वास जस्ता सामाजिक कुरीतिहरु बिध्मान छन । यस नगरपालिकाका ५८.१९ प्रतिशत परिबार गरीबिको रेखा मूनि रहेका छन । ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिर, ठाकुरज्यु जस्ता धार्मिक, प्राकृतिक र साँस्कृतीक क्षेत्रहरु रहेको पाइन्छ ।

भू–बनोटको सामान्य परिचय:-

यो नगरपालिका जुम्ला जिल्लाको सदरमुकाम खलंगा बजारमा अवस्थित छ । यस नगरपालिकाको चारै दिशामा सिंचाईयुक्त ज्यूलो (खेत) रहेको, उत्तरपट्टि चरनयोग्य चेरे, धिमी चौर, खेतीयोग्य पाखो जमिन रहेको छ । त्यस्तै करिब बीसवटा सामुदायिक वनहरू साथै सदाबहार सल्लो, देवदारको जंगल यस क्षेत्रमा रहेको छ । दक्षिणमा घना जंगलको साथै ठूलो पाटन अवस्थित छ जुन जडिबूटी र पशुपालनका लागि प्रख्यात छ । कर्णाली लोकमार्गको वरिपरि विस्तारित हुँदै गरेको बजार, तिलानदीको छेउमा बसपार्क र रंगशाला व्यवस्थित हुने क्रममा रहेका छन् ।

त्यस्तै पुनरोदन अदालत ,नेपाली सेनाको २४ नम्बर वाहिनी, नेपाली सेनाको सिद्धिबक्स गण , जुम्ला विमानस्थल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, लोक सेवा आयोगको अंचल कार्यालय, नेपाल प्रहरीको अञ्चल कार्यालय, साना जलविद्युत् आयोजना साथै अन्य अञ्चल कार्यालयहरूका साथै विभिन्न विकास साझेदारहरूका कार्यालयहरू पनि याहा अवस्थित रहेका छन् । कर्णाली अञ्चलको सदरमुकाम रहेको यस क्षेत्रमा हाल कर्णाली अञ्चलमै एकमात्र र पहिलो नगरपालिका घोषणा हुनुका साथै भविष्यमा संघीय राज्यको पनि सदरमुकाम हुने सम्भावना बोकेको देखिन्छ ।

भौगोलिक, सामुदायिक, सांस्कृतिक एवं पुरातात्वीक विविधता जस्ता सम्भावना यूक्त निधिहरु हुंदाहुंदै पनि व्यापारिक तथा औधोगिक कृयाकलाप आशातित हुन नसक्नु, आधुनिक व्यावसायिक कृषि प्रणाली तर्फ समन्वयात्मक अभ्यासको कमी, एकिकृत जग्गा विकासको अवधारणामा अघि वढ्न नसक्दा वसाई सरी जानेको उच्च दर रहनु,प्रतिभा पलायन उच्च रहनु, आन्तरिक आय वृद्धिमा श्रोतको पहिचान तथा दायरा फराकिलो वनाउने सम्वन्धमा गर्न खोजिएका प्रयासहरु प्रथम पटक नगर पालिका स्थापना भएको हुदा प्रयाप्त नहुने हुदा आन्तरिक आयको अवस्था निकै न्यून हुन जाने भई परनिर्भरताको वृद्धि हुन पुग्ने लगायत विकास कार्यमा सकृय जनसहभागिताको कमीको महशुस भएको विकासको पथमा देशका अन्य नगरपालिका मध्ये अग्र स्थानमा उभिनकठिनाइपुर्ण अबस्था महसुश भएको छ ।

लोकतन्त्रको उच्चतम अभ्यास र लाभ नजिकको सरकारवाट जनता समक्ष प्रदान गर्न विकेद्रिकरणको अवधारणा अनुरुप स्थानीय सरकारको रुपमा नगरपालिकालाई संचालन गर्न स्थानीय स्वायत्त शासन ऐन २०५५ लगायत सम्वद्ध नियम, कार्यविधि निर्देशिका मार्फत जवाफदेही र उत्तरदायी सरकारको रुपमा स्थापित गरिएको छ ।

नगर क्षेत्रको समावेशी विकासका लागि सम्पूर्ण जाती, लिंग, वर्ग, समुदाय र क्षेत्रका आवाजहरुलाई सम्वोधन गर्दा उपलव्ध श्रोत र माग पक्षको तालमेल हुन नसक्दा मावन विकास सूचकांकमा लक्षित उपलव्धी हुन नसकेतापनि सामाजिक परिचालन तर्फका नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, टोल विकास सांस्था, वाल क्लव, गै.स.स. तथा सामुदायिक संघ संस्थाको परिचालनवाट योजना तर्जुमा तथा कार्यान्वयन प्रभावकारी हुन गई अपेक्षित उपलव्धीमा वृद्धि हुने विश्वास लिएको छु । प्रतिस्पर्धाको वर्तमान यूगमा अन्य विकसित नगरको समतुल्यमा पु¥याउनको लागि नगरको समृद्धि र आत्म निर्भरता वढाउन सवै नगरवासी एवं तह र तप्कावाट सकृय एवं रचनात्मक भूमिका रहनेछ भन्ने विश्वास लिएको छु ।

क) सडक यातायात तर्फ

१. पक्कि सडक
कालोपत्रे सडकः– २ किलो मिटर (बजार क्षेत्र)
पि.सि.सि. सडकः– २०० मिटर (बजार क्षेत्र)
२. ओटाशिल पिचः– ५ कि.मि. निमार्णधिन ( सुर्खेत जुम्ला मोटरबाटो सडक विभाग वाट)
३. कच्चि माटे सडकः– ३० कि.मि.

ख) शिक्षा तर्फ

१. स्नातकोत्तर तह क्याम्पसः– १
उ.मा.वि.संख्याः–३
मा.वि.संख्याः–६
नि.मा.वि.संख्याः–४
प्रा.वि.संख्याः– ७
शिसु स्याहार केन्द्रः–
वालविकास केन्द्रः–१६

ग)
खानेपानी तर्फ

१. खानेपानीमा जनताको पहुंचः– ६५ प्रतिशत

घ)
विधुतिकरण तर्फ

१. नगर क्षेत्रको करिव ६० प्रतिशत घरधुरीमा विधुतको पहुंच पुगेको

ड.) स्वास्थ्य सेवा तर्फ

१. कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान– १
२. कर्णालि अन्चल आर्यूबेदिक औषधालय १
३. उप–स्वास्थ्य चौकीः– २ वटा
४. स्वास्थ्य चौकीः– १
५. शहरी स्वास्थ्य केन्द्रः–
६. स्वास्थ्यमा पहुंचः– ५५ प्रतिशत

च) सामाजिक परिचालन

१ जना प्राविधिक विशेषज्ञ ,

४ जना सामाजिक परिचालक

१५ वटा वडाहरुमा जम्मा

९ वटा टोल सुधार समिति,

८ वटा नागरिक सचेतना केन्द्र,

१५ वटा वडा नागरिक मञ्च, महिला सञ्जाल, वाल सञ्जाल, तथा नगरमा विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुसंचालित रहेका ।
https://chandannathmun.gov.np/ne

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४३ बजे