९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट डिजेल र पेट्रोलको मुल्य घटेर आयो



भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।

भारतीय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । सो मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ।

यसअघि फेब्रुअरी १ मा मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको मूल्य ३ रुपैयाँले बढाएको थियो । नयाँ मूल्यसूची आएपछि अहिलेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई १ अर्ब रुपैयाँ नाफा हुने बताइएको छ । गत वर्ष अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा आन्तरिक बजारमा मूल्य धेरै नबढाएको कारण सञ्चित नोक्सानी धेरै रहेको जनाउँदै निगमले पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने गरेको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ०९ बजे