९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


राष्ट्रपतिबारे छलफल गर्न प्रधानमन्त्री भेट्न कांग्रेस नेता बालुवाटार



राष्ट्रपतिको निर्वाचन नजिकिँएसंगै राजनीतिक दलहरुमा समेत दौडदुप बढेको छ । प्रमुख प्रतिपक्षी तथा सबै भन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न उनी पार्टीका अन्य शीर्ष नेताहरुको दलबलसहित आइतबार बेलुकी बालुवाटार पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका पार्टीका शीर्ष नेताहरुका साथ बालुवाटार पुगेका स्रोतले जनाएको छ।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ। बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने पनि तयारी गरेका छन्। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। माओवादीले समेत पदाधिकारी स्तरमा सो पदका बारेमा छलफल गरेको छ । माओवादी सहमतिमै यस पदको टुुगो लगाउने पक्षमा छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ११ : ०७ बजे