९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जीवन विकास लघुवित्तको लाभांश घोषणा



जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये २८ प्रतिशत बोनस शेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।

फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ९ : ५० बजे