९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चितवन ड्राइभिङ स्कुल सञ्चालन



चितवन जिल्लामै पहिलो आधिकारिक रुपमा दर्ता भएको चितवन ड्राइभिङ स्कुल सञ्चालनमा आएको छ । सवारी चालक अनुमतिपत्र निर्देशिका २०७४ ले निर्देश गरेको बमोजिम यो स्कुल आजबाट सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४, पिपल चोक, रामपुर रोडमा १००८ गुरु स्वामी सुधानन्दले शुुभारम्भ गर्नुभएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनले प्रशिक्षण केन्द्र, कारखाना वा वर्कशप सञ्चालन अनुुमतिपत्र दर्ता कितावमा समेत २०६९ साल बैशाख १४ गते चितवन ड्राईभिङग स्कूल प्रा.लि. १ नम्बरमै अनुमति पत्र प्राप्त गरेको थियो । तर पनि विविध कारणले सो क्षेत्रमा परीक्षण सञ्चालन हुन सकेको थिए ।

यहाँ मोटरसाईकल, स्कुटी, कार, भ्यान, टेम्पो, हेभी इन्जिनको लागि ट्रायल दिन सकिने गरी सबै मापदण्ड पुरा गरी करिब दुुई विघा क्षेत्रफलमा निर्माण चालक केन्द्र स्थापना भएको हो । यो केन्द्र बनाउनका लागि एक वर्ष देखि थालिएको हो । अहिले सेन्टर सुुरु भएको सञ्चालक रामनारायण घिमिरेले जनाएका छन् । जग्गा भाडामा लिई निर्माण भएको यस केन्द्रमा ४ करोड रुपैयाँ भन्दा बढि लगानी भैसकेको छ ।
यो स्कुलमा सबै मापदण्ड पुरा गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ५७ बजे