१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार : सभामुख घिमिरे



सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् । बुधबार नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले इन्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्।

सभामुख घिमिरेले सञ्चारकर्मीहरूको हकअधिकार र व्यावसायिक दक्षताका लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयक अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरूलाई अघि बढाउन आफू तयार रहेको बताए।

उनले सञ्चारमाध्यमहरूले खोजमूलक र जनतामुखी समाचार सम्प्रेषण प्रसारण गर्नुपर्ने धारण राखे। इन्जाले इन्जा बौद्धिक पत्रकारिता पुरस्कारबाट जगत नेपाल र माधवप्रसाद तिवारीलाई सम्मान गरेको छ भने इन्जा खोजी पत्रकारिता पुरस्कार, २०७९ बाट मात्रिका दाहाल र तारा वाग्लेलाई सम्मान गरेको छ।

त्यस्तै, ग्रामीण पत्रकारिता पुरस्कार, २०७९ बाट सरिता चलाउनेलाई सम्मान गरिएको छ भने फोटो पत्रकारिता पुरस्कार, २०७९ मा इन्जाले सुरेशकुमार श्रेष्ठ र नरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ४ : ३७ बजे