१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


राष्ट्रपतिको निर्वाचन बारे आठ दलका सांसदलाई अभिमुखीकरण



नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रममा बोलाइएको छ ।

बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेससहित सबै दलका सांसदलाई अभिमुखीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको छ । उता नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिनुभएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : २१ बजे