८ असार २०८२, आइतबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गण्डकी


राजधानीमा हल्का वर्षा, आन्तरिक उडान प्रभावित



अहिले काठमाडौँ उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन(चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ४८ बजे