११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


इञ्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको विमानमा७८ जना यात्रु



काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको विमानमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलायन्सको विमानको दाहिने इञ्जिनमा आगलागी भएको हो ।

यससँगै, विमान भैरहवातर्फ नगई काठमाडौँमै फर्किएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विमान अवतरण भइसकेको र विमानमा रहेका ७८ जना यात्रु सकुशल रहेको बताएका छन् ।

‘उड्ने बित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो,’ विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले भने । तिवारीका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको भन्दै चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ०६ बजे