१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


प्रचण्डविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा



प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा प्रारम्भिक सुनुवाइका लागी पेशी राखिएको थियो ।

तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेका हुन् । द्वन्दकालको मुद्दामा प्रचण्डलाई कारबाही हुनुपर्ने माग राखेर अधिवक्ता ज्ञानेन्द्रराज आरण समेतले सर्वोच्चमा रिट दर्ता गराएका थिए । प्रचण्डविरुद्ध आरण र चिरञ्जिविवास गिरीले फागुन २३ मा मुद्दा दायर गरेका हुन् ।

२०७६ मा प्रचण्डले द्वन्दकालमा मारिएकाहरुको जिम्मा लिनैपरे आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ६ : ०० बजे