नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ५ अर्बको नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको हो भने १० अर्बको ट्रेजरी विल्स नविकरण गर्न लागेको हो।
राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल्स बिक्री गर्ने भएको छ भने ९१ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी विल्स नविकरण गर्ने भएको छ। २८ दिन अवधिको ट्रेजरी आगामी चैत २८ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको २०८० जेठ ३० गते र ३६४ दिने ट्रेजरी आगामी २०८० फागुन २९ गते परिपक्व हुनेछ ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुनेछ भने केन्द्रीय बैंकको इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था,सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकले समेत बोलकबोलमा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया