१ असार २०८२, आइतबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनप्रतिनिधि


स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउन माग



गाउँपालिका राष्ट्रिय महासङ्घले स्थानीय तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने माग गरेको छ । मङ्गलवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउँदै महासङ्घले यस्तो माग गरेको हो ।

महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा गएको टोलीले मन्त्री मोदीलाई बुझाएको माग पत्रको ७ नम्बर बुँदामा भनिएको छ ‘संविधानको भावना अनुकूल स्थानीय सरकारको स्वायत्तता तथा प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत स्थानीय सरकारको आफ्नै कर्मचारी हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मान्यता रहेको छ।’

यस्तै संघमा श्रेणी र स्थानीय तथा प्रदेशमा तहगत प्रणाली लागू भएको भन्दै महासङ्घले तहगत सरकारहरूमा श्रेणी र तह दुई प्रकारका प्रणालीको सट्टा सबै संघीय एकाइहरुबीच एकरूपता कायम गर्न तीनवटै तहको सेवामा तहगत प्रणाली लागू गर्न माग गरेको छ ।

स्थानीय तहको सेवामा नियुक्त कर्मचारी पनि प्रदेश र सङ्घीय निजामती सेवामा हुने बढुवामा सम्भाव्य उम्मेदवार बन्न पाउने गरी निश्चित प्रतिशत छुट्याउन समेत महासङ्घले माग गरेको छ । प्रस्तावित निजामती सेवा ऐनमा स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएकोले पालिका महासङ्घहरूसँग छलफल गरेर मात्रै विधेयक अगाडि बढाउन माग गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ५६ बजे