११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चैत १० गतेसम्म सरकार विस्तार हुन्छ : प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ। शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो। उहाँले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनुभयो।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु।’’

प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको बतउनुभयाे।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ४९ बजे