१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पालिका पोफाईल


कोहलपुर नगरपालिकाको संक्षिप्त परिचय



संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ प्रशासनिक संरचना अनुसार कोहलपुर नगरपालिका लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ । पृथ्वीको गोलार्द्धका आधारमा कोहलपुर नगरपालिका २८ डिग्री ७ मिनेट १२ सेकेण्ड देखि १८ मिनेट ५४ सेकेण्ड उत्तरी अक्षांस तथा ८१ डिग्री ३८ मिनेट २४ सेकेण्ड देखि ८१ डिग्री ४९ मिनेट ५१.६ सेकेण्ड पूर्वी देशान्तरमा रहेको छ । यो नगरपालिका नेपालको मध्यपश्चिम तराई क्षेत्रमा पर्दछ । नगरपालिकाको कुल क्षेत्रफल १८४.२६ वर्ग की.मी. छ । कोहलपुर नगरपालिकाको पूर्वमा राप्तीसोनारी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिका, उत्तरमा सल्यान जिल्लाको चुरे पहाड श्रृंखला र दक्षिणमा जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । बाँके जिल्लाको सदरमुकाम शहर नेपालगञ्ज देखि १० की.मी. उत्तरपट्टि रहेको कोहलपुर नगरपालिका साविकमा भेरी अञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दथ्यो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ०६ बजे