२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह



आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार रोक्नलाई दलतन्त्र फाल्नुपर्ने बताएका छन् ।

बुधवार सर्लाही जिल्लाको बयलवासमा आयोजित आम जनता पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीय भागबन्डाको कारण संस्थागत रुपमा भ्रष्टाचारले जड गाडेको जिकिर गरे । पैसा र पावरको भरमा हुने चुनावले लोकतन्त्रको प्रत्याभूति गराउन नसकेको बताउदै अध्यक्ष साहले दलतन्त्रको अन्त्य गरेर आम जनताको शासन ल्याउनुपर्ने बताए ।

“तपाईहरु हेर्न सक्नुहुन्छ, देशमा कसरी दलतन्त्र हाबी भएको छ । राष्ट्रिय सहमतिको नाममा सर्वदलीय भागबन्डा हुने गरेको छ । यस्ता सर्वदलीय भागबन्डाले भ्रष्टाचार लाई थप संस्थागत गरेको छ । दलले सरकार बनाउनको लागि संख्या पुर्याउनुपर्ने र संख्या पुर्याउन पैसा र पावर चाहिने रहेछ ।” अध्यक्ष साहले भने, “पैसावालाले मात्र चुनाव लड्ने र त्यस्ता व्यक्तिले पैसाको खेल गरेर भ्रस्टाचारलाई संस्थागत गर्ने गर्दछ । त्यसैले दलतन्त्र र त्यहाँभित्र हाबी वैयक्तिक स्वार्थको अन्त्य गरेर आम जनताको शासन स्थापित गराउनुको विकल्प छैन।”

कार्यक्रममा सर्लाही निर्वाचन क्षेत्र नं. १ का सांसद पदका प्रत्याशी एवं माओवादी केन्द्रका युवा नेता विन्दु शाह, ईश्वरपुर नपाका मेयर प्रत्याशी एवं नेपाली कांग्रेसका नेता महेश साह, जसपाका सुरेश यादव, लोसपाका रामबाबू साह, नेकपा एमालेका सन्तोष साह लगायत विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा आज आम जनता पार्टी प्रवेश गरेको कुरा आजपा प्रवक्ता चन्द्र भुषण साहले जानकारी गराएका छन् ।

कार्यक्रममा आजपाका उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, प्रवक्ता चन्द्र भूषण साह, स्थायी कमिटी सदस्य रविन्द्र सिंह लगायत सहभागी थिए ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ३७ बजे