मन्दिरा थापा
१८ जेष्ठ २०८० काठमाण्डौ , युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा उल्लेख्य भुमिका खेल्दै आएको संस्था नेपाल जेसिज अन्तर्गत थानकोट शाखाले आफ्नो जेसिज सप्ताह सुरु गरेको छ ।
सन् २००० मा स्थापना भएको थानकोट जेसिजको संस्थापक अध्यक्ष नन्ददास अमात्य हुन् । चन्द्रागिरी नगरपालिकामा थानकोट जेसिजले हरेक वर्ष जेसिज सम्ताह अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । २३ वर्षको इतिहास बोकेको यस थानकोट जेसिजले यस वर्ष जेष्ठ १८ देखि २४ गते सम्म चन्द्रागिरी नगरपालिकामा जेसिज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।
आज प्रथम दिनको कार्यक्रम भने चन्द्रागिरी न.पा. ४ मा आफ्नो सचिवालयको उद्घाटन गरि भव्य रुपमा मनाएको छ । सचिवालय उद्घाटन कार्यक्रको सभापतित्व थानकोट जेसिज २०२३ की अध्यक्ष जे सी एलिना महर्जनले गरेकी थिइन् भने प्रमुख अतिथी चन्द्रागिरी नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी थिए ।
सचिवालयको उद्घाटन संयुक्त रुपमा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्य र प्रमुख अतिथीले रीबन काटेर गरेका थिए । यस कार्यक्रममा थानकोट जेसिज स्थापना भएदेखि हाल सम्मका पुर्व अध्यक्षहरु लगायत चन्द्रागिरी न.पा.का अन्य सामाजिक व्यक्तित्व सार्थै थानकोट जुनियर जेसिज, थानकोट जेसिजका वोर्डका पदाधिकारीहरु र सदस्यहरुको बाक्लो उपस्थिती बीच कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया