९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता



राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको छ । बिहीबार रास्वपाका सांसदहरुले संघीय संसद सचिवालयमा यस्तो कार्यक्रम तत्काल रोकेर उक्त बजेट अन्य विकास निर्माणमा परिचालन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

अर्थतन्त्र धरासायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुन नसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटी दोहन मात्र हुने रास्वपा सांसदहरुले बताएका छन् ।

यसैगरी, यस्ता विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेका मात्र नभएर बजेटको विश्वसनियतामाथि नै प्रश्न चिन्ह खडा गरेको उनीहरूको भनाइ छ । हरि ढकाल, डा। तोसिमा कार्की, असिम साह, डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, मनिष झा, गणेश पराजुलीलगायतका सांसदहरुले संघीय संसद सचिवालयमा पुगेर संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तो छ संकल्प प्रस्ताव :

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ५४ बजे