१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रधानमन्त्री प्रचण्ड,रवि लामिछानेपछि बालेन पनि भारततर्फ



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० भारत लागेका छन् । बिहीबार बालेन आफ्नी पत्नी सविना काफ्लेसँग भारत गएका हुन् । शाहले उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर भारत गएको बताइएको छ ।

 

आफू कामको सिलसिलामा जेठ १८ गतेदेखि काठमाडौं बाहिर जानुपर्ने भएकोले फर्कि नआएसम्मकालागि कार्यवाहक प्रमुख भएर काम गर्न बालेनले सूचना जारी गरेका छन् । यद्यपी भारत जानुको ठोस कारणबारे भने उनले खुलाएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला भारत भ्रमणमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका रवि लामिछाने पनि पत्नी निकिता पौडेलकासाथमा भारत लागेका छन् । निजी कामले मुम्बईमा रहेको रविले फेसबुकमा स्टाटस लेख्दै बताएका थिए ।

यिनै खबरबीच काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाहको भारत भ्रमणलाई लिएर यतिबेला अनेकौं अड्कलबाजी गरिएको छ । मेरो लगानीबाट

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ३७ बजे