१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सत्ताको संरक्षणमा सांसदलाई जलाउन खोजियो भन्दै कार्यकर्तालाई प्रतिरक्षाका लागि उत्रिन एमाले अध्यक्ष ओलीको अपिल  



एमाले अध्यक्ष केपी ओलीले सत्ताको संरक्षणमा पहिचानवादीहरूले प्रदेश सभा सांसद राम रानालाई मोबिल छर्किएर जिउँदै जलाउने आपराधिक घटना भएको भन्दै प्रतिरक्षामा उत्रिन कार्यकर्तापंक्तिलाई अपिल गरेका छन्।

मनोनीत चौध केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई बिहीबार पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो अपिल गरेका हुन्। बिहीबार कोसी प्रदेशमा भएको घटनाको संरक्षक स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै भएको ओलीको आरोप छ।

अहिले प्रदेश नम्बर १ मा पहिचानवादीका नाममा सत्ता संरक्षित ढंगले आपराधिक घटना भइरहेका छन्। ‘आज मात्रै केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजे। पहिचानका नाममा हत्याको प्रयास भइरहेको छ,’ ओलीले भने, ‘यसबाट एमाले किञ्चित डराउँदैन, लच्किँदैन झुक्दैन, नो कम्प्रमाइज। अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था आयो। सरकारले गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन, हाम्रा कार्यकर्ताहरूको रक्षा हामीले गर्नुपर्छ। गुण्डाहरूको न नियन्त्रण गर्छ, न गिरफतार गर्छ, संरक्षण गरेको छ प्रचण्ड सरकारले। जवाफ दिनुपर्ने वेला आएको छ।’

मोबिल छर्किएर आगो लगाउनेसम्मको घटनालाई राजनीतिक मान्न नसकिने भन्दै ओलीले पहिचानवादीहरूको संरक्षक पुष्पकमलवादी प्रचण्डपथका अनुयायीहरूले घटना गराएको आरोपसमेत लगाए।

‘उदयपुरमा उपसभामुख सिर्जना दनुवारको गार्डलाई ढुंगा हानिएको छ, उहाँका साथमा रहनुभएकी उपमेयरको गाडीमा क्षति पुर्याइएको छ, यो सबै पहिचानवादीहरूको संरक्षक पुष्पकलवादीहरू प्रचण्डपथबाट भएको छ,’ ओलीले भने, ‘प्रचण्डपथ अझै गएको छैन। यो प्रचण्डपथ देशद्रोही पथ हो, आपराधिक पथ हो।’

नेपाललाई जातजातिका नाममा दंगाफसाद गराउने उद्देश्यले नियोजित रूपमा आपराधिक क्रियाकलाप भइरहेको उनको दाबी छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ५९ बजे