२ असार २०८२, सोमबार | Mon Jun 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


२९ वर्षकी अभिनेत्रीको निधन, परिवारबाट छोरीको अंगदान गर्ने



एजेन्सी
कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।

उनकी आमाले कोरियाली मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए पनि उनको दिमागले प्रतिक्रिया नदिइरहेको बताइन् । विभिन्न प्रयास विफल भएपछि अन्ततः उनलाई मृत घोषित गरिएको हो । उनको परिवारले अभिनेत्री छोरीको अंगदान गर्ने निर्णय गरेको छ ।

उनकी आमाले भनेकी छिन्, ‘उनको दिमागले मात्रै काम गर्न छोडेको छ । उनको मुटु अहिले पनि धड्किरहेको छ । विश्वमा यस्ता कोही मानिस होलान् जसलाई उनको अङ्गको आवश्यकता छ । उनको आमाबुवा भएको नाताले हामी यो सोचेर खुसी हुन्छौँ कि उनको मुटु अरू कसैसँग छ र धड्किरहेको छ ।’

को थिइन् पार्क सू यून ?

सन् २०१८ मा अभिनेत्री पार्क सू यूनले आईएल टिनोरबाट आफ्नो डेब्यु गरेकी थिइन् । त्यसपछि उनले फाइन्डिङ मिस्टर डेस्टनी, द डेज वी लभ्ड, सिद्धार्थसँग अन्य म्युजिकलमा देखियो । कोरियन शो ‘स्नोड्रप’ मा उनले काम गरेकी थिइन् । यही शोले उनलाई पहिचान दिलायो । आफ्नो भूमिकाबारे कुरा गर्दै अभिनेत्रीले सोसल मिडियामा केही तस्बिर सेयर गरेकी थिइन् । उनले शोमा आफ्नो भूमिका छोटो भए पनि सेटमा उनको निकै ख्याल राखिएको बताएकी थिइन् ।

पार्क सू यूनको पार्थिव शरीरलाई जियोङ्गी प्रोभिन्सियल मेडिकल सेन्टरको सुवोन अस्पतालमा राखिएको छ । उनको अन्तिम संस्कार आज अर्थात् १३ जूनमा गरिनेछ ।

 

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : २३ बजे