५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


हाँस्य कलाकार र यूट्यूबरलाई थप ६ दिन थुनामा राख्न अनुमति



वान एक्स बेटमा संलग्न भएको आरोपमा पक्राउ परेका आठ हाँस्य कलाकार तथा यूट्यूबरहरू थप ६ दिन थुनामा रहनु पर्ने भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ६ दिन राख्न प्रहरीलाई अनुमति दिएको छ ।

यूट्यूबमा वन एक्स बेटको विज्ञापन गरेको भन्दै उनीहरूलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने समय दिएको थियो । तर आइतबार पनि अदालतले अनुसन्धानका लागि समय थप गरेको छ ।

बिहीबार पक्राउ परेका हाँस्य कलाकारमा बल्छी ध्रुब्रे अर्थात् मरिचमान श्रेष्ठ, राजुमास्टर अर्थात् राजु पौडेल, म्याकुरी अथवा पवन खतिवडा, भटभटे माइला नामले चिनिने बेगम नेपाली, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर, जिडी अथवा गणेश देवकोटा र ढेडो बुढो अर्थात् सरोज घिमिरे रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ५७ बजे