२७ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


विवाह मण्डपबाटै दुुलहा पक्राउ



जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरा दह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

गौरा दह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिएर हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको र यस घटनाको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रनाउ खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

बेहुला पक्राउ गरे पनि उनका साथमा आएका जन्तीलाई भने केहिबेर स्थानीय इलाका प्रहरी कार्यालय गौरादहमा राखी छाडिएको प्रहरीले जनाएको छ । चौधरीले पहिले विवाह गरिसकेको र श्रीमतीसँग मनमुटाब भएपछि अलग्गै बस्दै आएको स्थानीयको भनाई छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : ३६ बजे