२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाल विश्वकप छनोटबाट बाहिरियो



नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको लज्जासपद हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो ।

नेपालको हारले समूह ‘ए’ बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गरेका छन् । अमेरिका यसअघिनै बाहिरिसकेको छ । जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले २७।१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

जिम्बावेका लागि म्याक्स ओडोडले सर्वाधिक ९० रन बनाउनुभयो । यस्तै वास डी लिडेले अविजित ४१ र विक्रमजित सिंहले ३० रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले दुई र गुलसन झाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेरपहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । नेदरल्यान्ड्सले कसिलो बलिङ सामु नेपाली ब्याटर निरिह देखिएका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७र२७, भीम सार्कीले २२, गुलसन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाउनुभयो । आरिफ शेख ६, करण केसी एक र आशिफ शेख शून्य रनमा आउट हुनुभयो ।

बलिङमा नेदरल्यान्ड्सका लागेन भान वीकले चार विकेट लिनुभयो । विक्रमजित सिंह र बास्ले लिडेले दुई दुई तथा क्लेटोन फ्लोयड र आर्यान दत्तले एक एक विकेट लिनुभयो ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

यता तीन खेल सकेको नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेदरल्यान्ड्सले समूहको अन्तिम खेल सोमबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

१० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० रहेका छन् । छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध नेपाल–११

रोहित पौडेल ९कप्तान०, आसिफ शेख ९विकेटकिपर०, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ८ : ३७ बजे