६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेयर हर्कको पालिकामा १ अर्ब ७१ करोडको बजेट



धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा आन्तरिक राजस्व ४२ करोड ७२ लाख ६ हजार, संघीय सरकारबाट अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट अनुदान ४ करोड १ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड १३ लाख १२ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दिएको छ । यस्तै सहरी योजना तथा भौतिक पूर्वाधार तर्फ ४३ करोड ५१ लाख १५ हजार, शिक्षा युवा तथा खेलकुदतर्फ ४७ करोड १३ लाख, स्वास्थ्य तर्फ ४ करोड ८९ लाख, सामाजिक विकास तर्फ २ करोड ८६ लाख, आर्थिक विकासका लागि ३ करोड ४८ लाख ५० हजार, वन वातावरण उर्जा तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख, पर्यटनमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सूचना तथा सञ्चारमा २५ लाख ५० हजार, साहित्य कला र संस्कृतिका लागि ५ लाख, अव्यवस्थित बसोबास तथा सुकुमबासी व्यवस्थापनका लागि २३ लाख, कानुन तथा न्याय सम्पादनका लागि १० लाख, सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि ४५ लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । आवधिक योजना र कर सूचनालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गर्ने अद्यावधिकको कार्यका लागि ३५ लाख बजेट विनियोजन गरेको धरान उपमहानगरपालिकाले प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषका लागि क्रमशः १ करोड ७५ लाख, ७५ लाख, ५ लाख, २० लाख बजेट विनियोजन भएको छ ।

उपमहानगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक लगायतका अन्य खर्चका लागि ४४ करोड ५९ लाख ५० हजार रकम विनियोजन गरेको छ ।

धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड ७० लाख २० हजार बजेट आएको थियो । जसमा जेठ मसान्तसम्ममा ७९ दशमलव ३९ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ३२ लाख ७१ हजार ८ सय ६ रुपैयाँ मात्रै प्राप्त भएको जनाएको छ । यस्तै चालू आर्थिक वर्षमा खर्चतर्फ १ अर्ब १६ करोड ४८ लाख ८८ हजार ७ सय ३१ रुपैयाँ खर्च भएको छ । जुन ६७ दशमलव ८४ प्रतिशत हो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ८ : ३३ बजे