२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सर्वोच्चले नगरप्रमुख बालेनसंग लिखित जवाफ माग



काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा सर्वोच्च अदालले लिखित जवाफ माग गरेको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाल श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिनुभएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराउनुभएको थियो ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै प्रमुख साहले सामाजिक सञ्जालमा घोषणा गर्नुभएको थियो ।

हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि प्रमुख साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो ।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, ‘‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’’ सामाजिक सञ्जालमा बालेनले ब्यक्त गरेको विचारमा बजारै जनाले समर्थन जनाएका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ५७ बजे