महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० मा गर्नुपर्ने भुक्तानी असार २४ गतेभित्रै गरीसक्न निर्देशन दिएको छ। कार्यालयले सोमबार नै कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई यस्तो निर्देशन दिएको हो।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द हुने महालेखाले जनाएको छ। यसबीचमा नियमले निर्दिष्ट गरेको कामका लागि बाहेक सबै भुक्तानी बन्द हुने छ।
उक्त नियम स्थानीय तह र प्रदेशको हकमा समेत लागु हुने महालेखाले जनाएको छ।
प्रतिक्रिया