२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


संसद्‍बाट बहुमतले बजेट पारित : पक्षमा १४७, विपक्षमा १०८ मत



अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको हो।

बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो। कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या शून्य रहेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन्।

पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ४ : ५५ बजे