६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


बागमती प्रदेशको अवरुद्ध संसद खुल्यो



केही दिनदेखि प्रतिपक्षी दलहरूको लगातारको अबरोधका कारण अवरुद्ध संसद आजबाट खुलेको छ । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रतिपक्षीहरूको माग सरकारले सम्बोधन गर्ने प्रतिबद्धतापश्चात् प्रतिपक्षीसँग सदन सुचारु गर्ने सहमति भएको हो ।

बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले प्रतिपक्षीहरूसँग सहमति भएको र अबरुद्ध संसद खुल्ने जानकारी दिएका थिए । त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका नेता जगन्नाथ थपलिया, प्रतिपक्षी दल राप्रपाका नेता उद्वव थापा र नेमकिपाकि नेतृ सिर्जना सैंजूले असन्तुलित बजेट सन्तुलित गर्ने सहमति भएपश्चात् अवरुद्ध संसद खोल्न आफूहरू सहमत भएको जानकारी दिएका थिए ।

मन्त्री श्रेष्ठले अब केही दिनभित्रमा बजेट पारित हुने र सबै एकताबद्ध भएर बागमती प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : १२ बजे