९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


थ्रीस्टार हाइड्रोपावर शेयर मंगलबार बाँडफाँट



थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय, ठमेलमा भोलि मंगलबार बिहान ९ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।

पछिल्लो तथ्यांक अनुसार १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ६ लाख १३ हजार १६२ कित्ता शेयरको १९।५५ गुणा बढी हुन आउँछ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितो निष्काशन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक माध्ये ६१ हजार ३१६ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ५ : २८ बजे