६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति दिल्ली आवतजावत गर्दाको ५५ लाख हवाइभाडा तिर्न अर्थ मन्त्रालयलाई ताकेता



राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि दिल्ली आवतजावत गर्दा लागेको हवाइभाडा तिर्न अर्थ मन्त्रालयलाई चिठी पठाइएको छ । परराष्ट्र मन्त्रालयले राष्ट्रपति पौडेललाई उपचारका गर्न दिल्ली पुर्याउँदा प्रयोग भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि पत्राचार गरेको हो ।

२०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट राष्ट्रपति पौडेलाई भारतको दिल्ली लगिएको थियो । राष्ट्रपति र उनको टोली वैशाख १७ गते भने नेपाल वायु सेवा निगमको नियमित विमानबाट नेपाल फर्किएको थियो ।

परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थलाई चिठी पठाएको हो । राष्ट्रपतिले भारतमा भएको उपचार खर्च भने सरकारबाट नलिने बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : २३ बजे