२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गण्डकी प्रदेशबाट लाइसेन्सको राजस्व अनलाइनबाटै भुक्तानी सुरु



अब सवारी अनुमति पत्रको राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । सवारीचालक अनुमति पत्रको नयाँ प्रणाली कार्यान्वयनमा आएको एक बर्षपछि यो सेवा सुरु भएको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम गर्दै सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी सुरु गरेको हो । यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर आइसेन्सको अनलाइन भुक्तानी सुरु गरेका छन् ।

मन्त्रालयका अनुसार यो सेवा पहिलो चरण गण्डकी प्रदेशबाट सुरु भएको छ । एक महिना भित्र बागमतीलगायत सबै प्रदेशमा सुरु हुने जनाएको छ । यो सेवा सुरु भएसँगै अब सवारीचालक अनुमति पत्रका लागि राजस्व भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ४८ बजे