१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको एमालेको ठहर



नेकपा (एमाले) ले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको बैठकले सो आरोप लगाएको हो ।

संवैधानिक संस्थाहरुमा हस्तक्षेप गरी लोकतन्त्रलाई खल्बल्याउने काम पनि सरकारले गरिरहेको एमालेको टिप्पणी छ । कोशी प्रदेश सभामा सत्ता गठबन्धनले संविधान बिरोधी क्रियाकलाप गरेको ठहर बैठकले गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्य मान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको प्रहार भएको ठहर बैठकले गरेको उहाँले बताउनुभयो ।

असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न एमालेले माग गरेको उहाँले बताउनुभयो । देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया संक्रमित भएको, २७ हजार गाईवस्तुको ज्यान गएकाले त्यसको नियन्त्रणमा ध्यान दिन एमालेले सरकारसँग आग्रह गरेको छ ।

बैठकले वागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई जिम्मेवारी तोकेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रवन्ध गर्न र किसानलाई राहत दिन सरकारसँग माग गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

किसानले सुलभ रुपमा रासायनिक मल पाउने व्यवस्था गर्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्न तत्काल आवश्यक कानूनी प्रवन्ध गर्न एमाले माग गरेको छ ।

त्यसका लागि अविलम्व नयाँ विधेयक ल्याई समस्या समाधान गर्न एमालेको आग्रह छ । त्यस्तै, बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भत्र्सना गरेको छ । बैठकले अविरल वर्षाका कारण आएको विपद्ले गरेको क्षतिको परिपूर्ति गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।

प्राकृतिक बिपत्तिमा परेका नागरिकको राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी संवद्ध युवा, विद्यार्थी, भूपुसैनिक, प्रहरीसहित पार्टी पङ्तिलाई एमालेले आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : १५ बजे