दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ।तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि उनलाई राजधानीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।
कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिसमेत रहेका तामाङ ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
गौरीशंकर गाउँपालिका– ६ चंखु स्थायी घर भएका तामाङको आज निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका तामाङको आज उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो।
तामाङ एक्कासि पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि तीन दिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए। मुटुको समस्या देखिएपछि मध्यपुर अस्पतालले उनलाई गंगालाल रिफर गरेको थियो। नयाँपत्रिकाबाट
प्रतिक्रिया